६. कार्यक्रम सञ्चालन तथा कार्यान्वयन
(१) नियम ३ बमोजिम छनौट भएका कार्यक्रम अनुसूची–२ बमोजिमको ढा“चामा सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पेश
गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्दा जिल्ला विकास समितिको कार्यालयले जन सहभागितालाई प्राथमिकता दिई स्थानीय उपभोक्ता समूह, सरकारी कार्यालय वा गैरसरकारी संस्था मार्फत गर्नुपर्नेछ ।
(३) भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित विषयको प्राविधिकले तयार गरेको लगत इष्टिमेट बमोजिम, अन्य कार्यक्रमको हकमा सम्बन्धित संस्थाले तयार गरेको प्रस्तावलाई ज्ञद्धसंसद सदस्य वा निजको प्रतिनिधिको सिफारिश साथ र संसद सदस्य आफैले तयार पारेको कार्यक्रम भए सो समेत उल्लेख गरी जिल्ला विकास समितिको कार्यालयमा कार्यान्वयनको लागि पेश
गर्नुपर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएका कार्यक्रमको आधारमा जिल्ला विकास समितिको कार्यालयले ज्ञछसम्बन्धित निकायस“ग सम्झौता गरी कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेट निकासा दिनु पर्नेछ ।
(४क) यस नियमावली बमोजिम पेश भएको कार्यक्रमको लागि विनियोजित रकम सम्बन्धित गाउँ विकास समितिमा सिधै पठाउन सकिनेछ ।
(५) जिल्ला विकास समितिको कार्यालयले कार्यक्रमको सञ्चालन तथा कार्यान्वयन गर्दा सम्बन्धित ससंद सदस्यबाट पेश भएको अनुसूची–१ बमोजिमको कार्यान्वयन तालिका बमोजिम कार्यान्वयन गर्नु गराउनु पर्नेछ ।
(६) कार्यक्रमको कार्यान्वयन, रेखदेख तथा जा“चपास गर्ने सम्बन्धमा आवश्यक पर्ने प्राविधिक सहयोग आवश्यकता अनुसार जिल्ला विकास समितिको कार्यालय वा जिल्ला स्तरीय सरकारी कार्यालयले उपलब्ध गराइदिनु पर्नेछ ।
(७) उपनियम (१) बमोजिम प्राप्त रकम आर्थिक वर्षको अन्त्यसम्ममा खर्च नभई बा“की रहेमा त्यस्तो रकम सम्बन्धित जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउनु पर्नेछ ।